पूर्ववडाध्यक्ष पोखरेलको निधन

आइतबार, ०७ साउन २०८०
झापा । कनकाई नगरपालिका १ नम्बर वडाका पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ । समयदेखि मुखको क्यान्सर रोगबाट पीडित उनको ५२ वर्षको उमेरमा निधन भएको हो । पोखरेल २०७४ सालको स्थानीय निर्वाचनमा कनकाई १ नम्बर वडाबाट अध्यक्ष निर्वाचित भएका थिए । पोखरेलकी श्रीमती र दुई छोरा छन् । २०२७ साल पुस २७ गते जन्मिएका उनी सामाजिकव्यक्तित्वका रुपमा परिचित थिए । पोखरेलको निधनमा कनकाई नगरपालिकाले शोक विदा दिएको थियो । नगरपालिकाले सूचनाजारी गर्दै आइतवार शोक विदा दिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार