लघुवित्त पीडितद्वारा प्रदर्शन

बुधबार, १० साउन २०८०
काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् । माग सम्बोधनका लागि दबाव दिने उद्देश्यले काठमाडौंको एभरेष्ट होटल अगाडिको सडकमा पीडितहरुले आज प्रदर्शन गरेका थिए । प्रदर्शनकारी संसद भवन तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार