कांग्रेस संसदीय दलको नेता छान्न सुरु भयो मतदान

बुधबार, ०६ पुस २०७९
कांग्रेस संसदीय दलको निर्वाचन सुरु भएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा मतदान सुरु भएको हो । मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै मतदान सुरू भएको हो। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि झण्डै एकघण्टा ढिलो गरी मतदान सुरु भएको हो । मतदानमा सहभागी हुन सांसदहरू सिंहदरबार प्रवेश गर्ने क्रम पनि जारी छ । संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् । सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । यसै गरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । तस्विर:

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार