खोलामा डुबेर घाइते भएका बालकको मृत्यु

सोमबार, १५ साउन २०८०
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर घाइते भएका एक बालकको सोमबार बिहान मृत्यु भएको छ । डुबेर घाइते भएका अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । उनका अनुसार नुहाउन भनेर बिहान ६ः१० बजेतिर बालक खोलामा छिरेको खुलेको छ । उनी खोलामा डुबिरहेको जानकारी स्थानीयले प्रहरीलाई गराए । स्थानीयको सहयोग लिँदै प्रहरीले घाइते अवस्थामा खोलाबाट बालकको उद्धार गरेको थियो । डीएसपी दाहालका अनुसार उद्धार गरेर उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा बालकको मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार