छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद

मंगलबार, १६ साउन २०८०
सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय एक पुरुषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । बालिका करणीमा २५ वर्ष, हाडनाता करणीमा २५ वर्ष र हतियार देखाइ करणी गरेको अभियोगमा २ वर्ष ६ महिना गरी कुल ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले जानकारी दिए। पुरुषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । तीनवटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए। मुद्दा अहिले उच्च अदालत विराटनगरअन्तर्गत अस्थायी इजलास ओखलढुङ्गामा साधक जायरका लागि पेस भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्तलाई जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार