राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन् । अहिलेको आवस्यकतालाई मध्यनजर गर्दै काङ्ग्रेस र एमालेले सरकार बनाउनु पर्ने उनले बताएका हुन् ।
प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’
यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए ।
राप्रपा सरकारमा जान्छ कि जाँदैन भन्ने प्रश्नमा उनले आवश्यक पर्यो भने छलफल गर्ने बताए । तर अकारण सरकारमा नजाने उनले बताए ।
प्रतिक्रिया