प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

शनिबार, ०९ पुस २०७९
प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापती शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । उनीहरूबीच शुक्रबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको भएको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । भेटवार्तामा सत्ता समीकरणका विषयमा नै छलफल भएको बताइएको छ । राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी हुँदा प्रधानमन्त्री देउवाले भेटवार्तालाई तीव्रता दिएका छन् । उनले आफ्नै नेतृत्वको सरकार गठनका लागि दलका नेताहरूसँगको सम्बादलाई तिब्रता दिएका छन् । लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेको लोसपाका एक नेताले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार