कोशी प्रदेशमा जातीय नारा उचालियोः ओली

विहीबार, ०७ भदौ २०८०
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालिएको भन्दै यसमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल जिम्मेवार रहेको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको उनको भनाइ छ । कार्यक्रममा ओलीले भने, ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्, पूर्वमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’ ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार