इमरान खानलाई रिहा गर्न अदालतको आदेश

मंगलबार, १२ भदौ २०८०
काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको जेल सजाय कार्यान्वयनमा रोक लगाएको छ । उनलाई तत्काल रिहा गर्न पनि आदेश दिएको छ । जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो । ‘फैसलाको कपी छिट्टै उपलब्ध हुनेछ । अहिलेलाई यति भन्छु, यो (खानको) अपील स्वीकार गरिएको छ’, मुख्य न्यायाधीश फारुकले भने । पाकिस्तानी अनलाइन डनका अनुसार तर खान कहिले छुट्छन् भन्ने खुलेको छैन । खानको दल पीटीआईले भने उनलाई आजै रिहा गर्न माग गरेको छ । ५ अगष्टमा खानलाई तीन वर्षको कैद सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार