मन्त्री र राज्यमन्त्रीले लिए शपथ

शुक्रबार, २२ भदौ २०८०
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ सकिएलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मन्त्री र राज्यमन्त्रीलाई पनि शपथग्रहण गराइएको हो । मुख्यमन्त्री कार्कीले तिलकुमार मेन्याङ्बोलाई उर्जा, सिँचाई तथा जलस्रोत एवं स्वास्थ्य मन्त्री बनाएका छन् । पाँचकर्ण राई वन, वातावरण तथा पर्यटन र उद्योग, भूमिव्यवस्था तथा कृषि मन्त्री बने । एकराज कार्की भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । सिर्जना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् । मन्त्री र राज्यमन्त्री नियुक्त भएका सबै एमालेका हुन् । मन्त्रीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङ र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले शपथग्रहण गराए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार