राष्ट्रिय युवा संघ कोशी प्रदेश अध्यक्षमा इटहरीका गुरूङ

आइतबार, २४ भदौ २०८०
धरान । राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेशको पहिलो अधिवेशनबाट अध्यक्षमा इटहरीका अरूण गुरूङ निर्वाचित भएका छन् । शनिबार र आइतबार भएको अधिवेशनले गुरूङ सहित ८९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा मोरङका जयप्रकाश रायमाझी, विनोद राना, सहसचिवमा निरजमान सिहं बस्नेत, र शरण फागो, कोषाध्यक्षमा दिपेन्द्र घिसिङ तामाङ निर्वाचित भएका छन् । प्रवक्ताको जिम्मेवारी मनोज रायलाई दिइएको छ । युथ फ्रोस प्रमुखको जिम्मेवारी राजन बानिया, साइबर सर्कल प्रमुखमा सागर पोखरेल, विज्ञ युवा परिषदमा दिनेश खड्का, महिला विभाग प्रमुखमा पार्वती तामाङ र संगठन विभाग प्रमुखमा आन्नद राईलाई जिम्मेवारी दिइएको नवनिर्वाचित अध्यक्ष गुरूङले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार