नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीका लागि सिफारिस गरेको छ ।
पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको बैठक अहिले केही बेरपछि बस्दै छ । बैठकमा नयाँ मन्त्रिमण्डल गठन लगायतका विषयमा छलफल हुनेछ ।
नयाँ सत्ता समीकरणमा सभामुख नेकपा एमालेले पाउने भएपछि सो पार्टीका सचिव छविलाल विश्वकर्मा यसको मुख्य दावेदार ठानिएका छन् । दलित समुदायबाट पहिलो सभामुखको इतिहास बनाउन पनि उनलाई सो पदमा पुराउन पार्टीलाई दवाव छ । छविलाल सो समुदायबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुन् ।
रुपन्देही १ बाट निर्वाचित उनी पार्टीभित्र पनि पहिलो पटक पदाधिकारीमा पुग्ने दलित समुदायको प्रतिनिधि बनेका छन् । यसअघि मन्त्री पनि भइसकेका र सिनियर नेता भएकाले यो पदका लागि उनी बलियो दावेदार भएको एमाले नेताको तर्क रहेको छ ।
Discussion about this post