एमालेबाट ४ जना मन्त्री बन्दै,जनमत पार्टीलाई उद्योग मन्त्रालय

सोमबार, ११ पुस २०७९
नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ । पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई  आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयमा दाबी गरेका छन् । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार