बाढीका कारण लिबियामा ५ हजार ३ सयको मृत्यु

बुधबार, २७ भदौ २०८०
काठमाडौं । उत्तर अफ्रिकी देश लिबियामा आएको बाढीमा परेर ज्यान गुमाउने ५ हजार ३०० पुगेका छन् । सामुद्रिक आँधी डेनियलका कारण लिबियाको देरना शहरमा सुनामी जस्तै बाढी आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देरनाबाट १२ किलोमिटर टाढा रहेको एउटा बाँध भत्केपछि त्यसको पानी शहरतिर बग्न थालेको थियो । शहर नजिकको अर्को बाँध पनि भत्केका कारण धेरै नोक्सानी भएको हो । बाढीले भत्केका घर र बगाएका गाडीहरुको तस्वीर सार्वजनिक भएका छन् । बाढीमा परेकाहरुको शव यत्र तत्र फेला परिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । पहिचान भएका शवलाई खाल्डो खनेर सामुहिक रुपमा गाड्न थालिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार