काभ्रेको महाभारत गाउँपालिका–७ स्थित गोकुलेमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेर ९ जना यात्रु घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन्।
बनेपाबाट महाभारत जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टिन पुगेको न्यौपानेले जानकारी दिए । बसमा चालकसहित २५ जना सवार थिए ।
घाइतेहरूको बनखु स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।
प्रतिक्रिया