विस्फोटमा एकै परिवारका आठ जनाको मृत्यु

विहीबार, ११ असोज २०८०
काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै एकै परिवारका हुन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् । बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र हिजो विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार