मुख्यमन्त्री कार्कीलाई कांग्रेसले विश्वासको मत नदिने

शनिबार, १३ असोज २०८०
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्की नेतृत्वको अल्पमतको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । विराटनगरमा हिजो साँझ बसेको संसदीय दलको बैठकले यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठनमा अपनाइएको विधि र प्रक्रिया लगायत विषयमा पनि समीक्षा भएको थियो । कांग्रेसले मुख्यमन्त्री कार्कीले भदौ २४ गते अध्यादेशबाट ल्याएको बजेट अस्वीकार गर्ने निर्णय पनि गरेको छ । यसैबीच प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गते बुधवार दिउँसो एक बजेका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री कार्कीले असोज २० गते भित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार