ठगीमा परेका सर्वसााधरण तस्वीर: पवन अधिकारी[/caption]
अर्की पीडित इन्दिरा बस्नेतले पैसा फसेर बिल्लीबाठ हुने अवस्था आएपछि आँफू मानसिक रूपमै समस्यामा परेको बताइन् । तीन दिनमै पैसा दिने शर्तमा पैसा लगेकी सपनाले पैसा फिर्ता गर्ने त परको कुरा, आँफू बसेको ठाउँ नै छाडेर फरार भएकाले अहिले सर्वसाधारणहरू आँफू ठगिएकोमा बेलाबेला झस्किरहन्छन् ।
स्थानीय पीडित भीमबहादुर चौहानले गाउँलेहरूलाई प्रलोभनमा पारेर ती महिलाले ठगी गरेकोबारे कसैलाई थाहै नभएको बताए । ‘एकले अर्काको बारेमा थाहै भएन । त्यही भएर सबैको पैसा फसेको रहेछ,’ उनले भने, ‘हेर्दा विश्वास गर्न लायक भएपनि व्यवहारमा त्यसो रहेनछ । गाउँले सबै ठगिदाँ मात्रै थाहा भयो ।’
सपनाबाटै यसरी ठगिनेमा स्थानीय तारा बिष्ट, अस्मिता गुरागाई, प्रेमदिकी शेर्पा, तारा चौहान, टीका चौहान, चन्द्रकला राई, शारदा श्रेष्ठ, कुमारी भण्डारी, अरुण भण्डारी, बद्री कार्की, मनमाया थापा लगायत छन् ।
‘म सँग पैसाको कारोबार भएको छ भनेर कसैलाई नसुनाउनु’ भनेर सपनाले गाउँलेसँग पैसा उठाउने गरेको पीडितहरू बताउँछन् ।
एक श्रीमान र २ छोराहरूसँग बस्दै आएकी सपना फरार भएको गत असोज १५ गते एक वर्ष पूरा भयो । तर, फरार रहेकी सपनाको अत्तोपत्तो नहुँदा पीडितहरू समस्यामा परेका छन् ।
पछिल्लो समय यसरी ठगीमा पर्नेको संख्या बढेको सुनसरी प्रहरीको तथ्यांक छ । कसैलाई विश्वास गरेर, ब्याजको लोभमा वा सापटीको नाममा पैसा सापटी दिएपनि फिर्ता नहुने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्यांक रहेको छ ।
यता, यस विषयमा इलाका प्रहरी कार्यालय धरानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले ठगीमा पर्नेहरूबाट उजुरी आएमा अनुसन्धानको प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिए ।
प्रतिक्रिया