इटहरी । कोशी प्रदेशमा भएको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक बसिरहनेको छ । बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका केदार कार्कीसहित ८ सांसदको विषयमा लक्षित निर्णय गर्ने तयारी छ ।
यता केदार कार्कीको दाबी फिर्ता गराउन पार्टी सभापति शेर बहादुर देउवा देखी राष्ट्रपति रामचन्द्र पौडेलसम्म लागेका खबरहरू आइरहेका छन् । कांग्रेस नेता डा. शेखर कोइरालालाई कार्कीलाई ‘ब्याक’ हुन दबाब दिइरहँदा उनले भने, ‘ब्याक’ गराउन नसक्ने सन्देश पार्टी सभापति शेरबहादुर देउवालाई पठाएका छन् ।
प्रदेशमा यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् । प्रदेश प्रमुखले भने अहिलेसम्म कुनै निर्णय लिइसकेको अवस्था छैन ।
प्रतिक्रिया