विपि प्रतिष्ठान संकट गहिरिदै, १ सय ५० शिक्षकको राजीनामा, पठन–पाठन ठप्प, उपचार सेवा प्रभावित

शुक्रबार, २६ असोज २०८०
धरान २६ असोज । रोकिएको बढुवा प्रक्रिया सुचारु गर्न माग राख्र्दै आन्दोलनरत चिकित्सकहरुले सामुहिक राजीनामा दिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संकट गहिरिदै गएको छ । प्रतिष्ठानका १ सय ५० जना चिकित्सक शिक्षकहरुले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत समक्ष गत मगलबार सामुहिक राजीनामा पत्र बुझाएपछि प्रतिष्ठानका सम्पूर्ण सेवा थप प्रभावित बन्दै गएको छ । पाँच दिनयता प्रतिष्ठानमा विरामीको उपचार सेवा प्रभावित बनेको छ भने विद्यार्थीको पठन पाठन ठप्प बनेको छ । ७ महिनायता रोकिएको बढुवा प्रक्रिया सरोकारवाला निकायको सहमतीमा एक महिनाभित्र सुरु गर्ने प्रतिष्ठानसँग गत भर्दौ २४ गते प्रतिष्ठान र आन्दोलनरत पक्षबीच सहमती भएको थियो । तर, महिना दिन वितिसक्दा समेत माग पुरा गर्नेतर्फ प्रतिष्ठानले चासो नदिएको भन्दै शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका १ सय ५० जना चिकित्सकहरु प्रतिष्ठानका सह–कुलपति समेत रहेका स्वास्थ्यमन्त्री बस्नेत र कुलपती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गत सोमबार काठमाडौ गएका थिए । स्वास्थ्यमन्त्री बस्नेत र प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर आन्दोलनरत चिकित्सकहरु प्रतिष्ठान फर्किसकेका छन् । तर, माग पूरा नभएसम्म काममा नफर्कने जनाएपछि विद्यार्थीको पठन पाठन ठप्प छ भने विरामीको उपचार सेवा प्रभावित बनेको छ । विद्यार्थीहरुको पठन–पाठन ठप्प बनेपछि आज विद्यार्थीहरुले प्रदर्शन समेत गरेका छन् । विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओशान्ति रजकले प्रतिष्ठानमा पठन पाठन अवरुद्ध हुन नहुने बताए । उनले भने –‘प्रतिष्ठानमा विभिन्न समयमा आन्दोलन मात्रै हुने र पठन पाठन अवरुद्ध हुने भइरहेकोले अब तत्काल दुवै पक्ष बसेर समस्या समाधान गर्नुपर्छ । यता राजीनामा दिएर फर्किएका चिकित्सक एडिस्नल प्रोफेसर डा. रोविन मास्केल स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको बताउँर्दै चाडै टुङ्गो लाग्नेमा आफुहरु आशावादी रहेको बताए । गत मगलबार प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै अस्पतालमा शिक्षकहरु अनुपस्थित हुँदा प्रतिष्ठानका आकस्मिक, आइसियु र अन्तरङग तथा बहिरङगका सम्पूर्ण सेवाहरु प्रभावित हुने र पूर्ण क्षमतामा अस्पतालले सेवा दिन नसक्ने जनाएको छ । यद्यपी अस्पताल उप–निर्देशक डा इन्द्र लिम्बुले रुटिनको सल्यक्रिया सेवा बाहेक अस्पतालमा अन्य सम्पूर्ण उपचार सेवाहरु सञ्चालन भइरहेको बताए । प्रतिष्ठानमा एसिसटेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र एडिसन प्रोफेसरहरुको सात वर्षदेखी रोकिएको आन्तरिक पदपुर्ति तथा बढुवाप्रक्रिया सात महिना अघि सुरु भएको थियो । तर लोकसेवा आयोगले शिक्षक सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली २०६९ को प्रस्तावित मस्यौदा स्विकृत गरी आयोगबाट मात्र पतपुर्ति प्रक्रिया अगाडी बढाउन प्रतिष्ठानलाई निर्देशन दिएपछि शिक्षकहरुले आन्दोलन गर्दे आएका थिए । प्रतिष्ठानमा कार्यरत १ सय ३० जना फ्याकल्टी शिक्षकहरु र करिब १२ सय कर्मचारीहरुको आन्तरिक बढुवा रोएिको छ । प्रतिष्ठानमा दैनिक २५ सयदेखी ३ हजारसम्म विरामीहरु उपचार सेवा लिन आउने गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार