प्राध्यापक तथा ज्योतिष कृष्णप्रसाद कोईरालाको क्यान्सरका कारण निधन

सोमबार, १८ पुस २०७९
प्राध्यापक तथा ज्योतिष कृष्णप्रसाद कोईरालाको निधन भएकाे छ । उनकाे कलेजोको क्यान्सरकाे उपचारकाे क्रममा भारतको चेन्नई (पोन्डीचेरी)मा उपचारकाे क्रममा निधन भएकाे पारिवारिक श्राेतले जनाएकाे छ । सोलुखुम्बुको नेचा सल्यानमा रहेको विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठका पुर्व क्याम्पस प्रमुख (प्राचार्य), हाल पिण्डेस्वर संस्कृत क्याम्पसका सह प्राध्यापक समेत रहेका थिए । सुनसरीको इटहरीमा बसोबास गर्दै आएका कोईराला चर्चित ज्योतिषका रुपमा समेत परिचित थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार