इटहरी । इटहरीकी पृथिब्या थापा रिजाल मिसेस नेपाल वर्ल्ड २०२३ मा २३ जना सहभागी सहित फाइनल राउण्डमा प्रवेश गरेकी छन ।
महिला शसक्तिकरण क्षेत्रमा साथै सामाजिक कार्यमा सक्रिय थापाले आफुलाई मिसेस नेपाल वल्ड २०२३ वनाउन भोटिङ गर्न सबैलाई आग्रह गरेकी हुन ।
विगत देखि नै आफु समाजसेवा क्षेत्रमा रहेको प्रतियोगितामा विजयी भएर अझ धेरै महिला सशक्तिकरण र समाजसेवाका क्षेत्रमा योगदान गर्न आफुलाई प्रेरणा मिल्ने भन्दै पृथिब्या थापा रिजालले सबैलाई भोटिङ गरि सहयोग गर्न आग्रह गरेकी छन ।
इटहरी क्षेत्रमा समाजसेवी , व्यवसायी तथा राजनितिकर्मी विष्णु रिजालकी वुहारी समेत रहेको पृथिब्या मिसेस नेपाल वर्ल्ड विभिन्न राउण्डमा छनोट हुँदै फाइनल राउण्डमा पुगेकी छन । प्रतियोगीहरुलाई फाइनल राउण्डको अन्तिम दिन सम्म पनि भोटिङ गर्न सकिने व्यवस्था रहेको जनाइएको छ । पृथिब्याको कन्टेस्टेन्ट नम्बर ३ रहेको छ । यही कार्तिक २२ गते काठमाडौंमा हुने फाइनल राउण्डको प्रतिस्पर्धाबाट सन् २०२३को लागि मिसेस नेपाल वर्ल्ड छनोट हुनेछ ।
मिसेस नेपाल वर्ल्डको ताज पाउन सफल हुनेले मिसेस वर्ल्डका लागि अमेरिकामा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन ।
प्रतिक्रिया