कलाकारहरुलाइ उच्च मुल्यांकन गरी २१ जनलाई सम्मान

विहीबार, १६ कार्तिक २०८०
थारु कथानक चलचित्र "सजनी तोहर बिन"प्रिमियर साे कार्यक्रममा २१ जनालाई कदर पत्र तथा सम्मान पत्रले कलाकारहरुको उच्च मुल्यांकन गरी दोसल्लाले सम्मान गरिएको छ । नायक सचेत चौधरी, पटकथा कलाकार पाण्डव चौधरी, निर्देशक आश थारु, मुख्य खलनायक कृष्ण चौधरी, सम्पादक तथा रचनाकार सरोज चौधरी, गायक क्रमशः प्रकाश माझी, दिपक चाम्लिङ राइ र रोजिना चौधरी गरी ८ जनालाई कदर पत्र तथा उदयमान १४ जना कलाकार दोसल्लाले बराहक्षेत्र मिडिया प्रा. ली. का अध्यक्ष तथा सभाध्यक्ष निर्मता प्रदीप बासमैत र प्रमुख अतिथि थारु माहानायक, थारु चलचित्र तथा सास्कृतिक सघका केन्द्रिय अध्यक्ष तथा निर्मता निर्देशक परशुराम चौधरीले कलाकार तथा सङ्गितकार गायकहरुलाई सम्मान गरेको थियो । प्रमुख अतिथि  निर्माता परशुराम चौधरीले केन्द्र, स्थानीय सरकारले कलाकारहरुको लागी बेग्लै पाठनशाला अभ्यास तालीमको व्यवस्था बजेट विनियोजन गर्‍यो भने दर्शकले राम्रो कलाकार पाउने आफ्नो प्रमुख अतिथिको मन्तव्य  राखेका थिए । फिल्मले देश परिवर्तन गर्न अहम् मुख्य भुमिका रहेकोले सोही अनुरुप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । फिल्म प्रवेश गर्नु  अघि कलाकारहरुले फिल्म क्षेत्रको विषयमा अध्ययन अभ्यास अनुसन्धान गरेर कलाकार, निर्माता निर्देशक कुनै क्षेत्रमा हात हाल्दा सफल हुने र दर्शकले समेत राम्रो फिम्ल पाउने बताए । अहिले धेरै लय लयमा लागेर फिल्म क्षेत्रको मोह जागेको देखिन्छ जस्ले गर्दा निर्माता निर्देशक कलाकारहरु विना  ज्ञान  गर्दा फिल्मको स्तर खस्केको प्रमुख अतिथि चौधरीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार