रौतहट-२ बाट विजयी स्वतन्त्र सांसद साह एमाले प्रवेश

मंगलबार, १९ पुस २०७९
रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश गरेका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर साह एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्न बालकोट पुगेका साहलाई एमाले अध्यक्ष ओलीले खादा र टीका लगाएर स्वागत गरेका छन् । साहलाई स्वागत गर्ने कार्यक्रममा अर्थ मन्त्री बिष्णु पौडेल लगायतको पनि उपस्थिति रहेको थियो । साहले आफू यसअघि नै अनौपचारिक रुपमा एमाले प्रवेश गरिसकेको र आज त्यसैलाई औपचारिकता दिएको बताए । ‘अनौपचारिक रुपमा त म एमाले प्रवेश गरेको थिएँ । आज औपचारिक रूपमा प्रवेश गरेको हो,’ साहले भने, ‘एमाले अध्यक्ष र मेरो हस्ताक्षरसहितको सहमति हुन्छ।’ सांसद साहले धर्मान्तरण र धार्मिक अतिवादसम्बन्धी मुद्दा उठाउने गरेका छन् ।ती विषयमा सहमति भएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार