पूर्वमन्त्री रामवीर मानन्धर प्रभु साहको पार्टीमा

मंगलबार, १९ पुस २०७९
पुर्व राज्य मन्त्री रामवीर मानन्धर प्रभु साहाद्वारा नवगठित आम जनता पार्टीमा रहने भएका छन्  । नेकपा एमालेका पूर्व नेता तथा पूर्व शहरी विकास राज्यमन्त्री मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका हुन् । लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो । भेटघाटमा सहकार्यका बिषयमा कुराकानी भएको पार्टी निकट एक नेताले जानकारी दिए । मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा भेट भएको ती नेताले बताए ।  मानन्धर  आजपामा संगठित रुपमा नै अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिएका छन्  । पार्टी बिस्तार र थप जिम्मेवारीका बिषयमा पुनः भेटेर कुराकानी गर्ने सहमति भएको यादवले जानकारी दिएका छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार