मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधी इटहरीकी पृथिब्या थापालाई

विहीबार, २३ कार्तिक २०८०
काठमाडौं -मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधी इटहरीकी पृथिब्या थापाले हासिल गरेकी छिन । काठमाडौको प्रज्ञा भवनमा बुधबार भएको कार्यक्रममा पृथिब्याले उपाधी संगै Most talented Award को tittle समेत जित्न सफल भएकी छिन । बिजेता बनेकी थापालाई अघिल्लो पटककी बिजेता सृजना केसिले क्राउन पहिर्याइदिएकी थिइन । यस्तै नेपालकी प्रथम चलचित्र नायिका भुवन चन्दले स्कुटरको चावी र अन्य पुरस्कार बितरण गरेकी थिइन । रिबन ईन्टरटनमेन्ट प्रालि काठमाडौंले आयोजना गरेको प्रतियोगितामा नेपालभरका २१ जना बिवाहित महिलाहरूले सहभागीता जनाएका थिए । महिला शसक्तिकरण क्षेत्रमा साथै सामाजिक कार्यमा सक्रिय थापाले मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधी हासिलसंगै अब december मा अमेरिकामा हुने मिसेस ईन्टरनेसनल वर्ल्डमा सहभागीता जनाउने छिन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार