बौलाहा कुकुरले टोक्दा २५ भन्दा धेरै घाइते

बुधबार, २० पुस २०७९
चितवानमा बौलाहा कुकुरको टोकाइबाट २५ जना भन्दा धेरै घाइते भएका छन् । चितवनको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले ससंकित बनाएको छ । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिसमेत बौलाहा कुकुरको टोकाइबाट पिडित बनेका छन् । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू घाइते भएका थिए । घाइतेमध्ये २० जनाको कुरिन्टार स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको र सख्त घाइते पाँच जनाको थप उपचार भरतपुर अस्पतालमा भइरहेको उनले जानकारी दिए । बौलाहा कुकुरले टोकेको खबर आएसँगै पालिकाले कुकुर नियन्त्रणमा लिई मारेर परीक्षणका लागि पठाइएको उपाध्यक्ष सिलवालले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार