बैठकमा सत्तगठबन्धन

बुधबार, २० पुस २०७९
सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बुधबार साँझ सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । साथै प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत लिने बिषयमा पनि बैठकमा छ्लफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार