नेकपा एकीकृत समाजवादीले परिस्थिति हेरेर मात्रै
प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"लाई विश्वासको मत दिने भएको छ ।
पार्टी सचिवालय बैठकपछि बोल्दै पार्टी प्रचार विभाग प्रमुख बिरोध खतिवडाले सबै परिस्थितिको आकलन गरेर मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णय गरिने बिषयमा छलफल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिने बताइसकेका छन् ।
एकीकृत समाजवादीले हालसम्म प्रचण्डलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेको छैन ।
सरकारका न्यूनतम साझा कार्यक्रम, मन्त्रालय भागवण्डा लगायत विविध विषयमा ख्याल गरेर मात्रै विश्वासको मत दिने तयारी गरेको हो ।
साथै पार्टी प्रचार विभाग प्रमुख खतिवडाले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष माधवकुमार नेपालबीचको भेटलाई ‘निजी भेट’, भन्दै विश्वासको मत दिनेबारे पार्टीले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।
प्रतिक्रिया