पाँचथर, मंसिर : पाँचथरमा देउसी खेलेर १४ लाख रकम संकलन भएको छ । फालेलुङ गाँउपालिका ७ बाँस्बोटेमा सञ्चालित थोकपन आधारभूत बिद्यालयले दीपावलीको अवसरमा देउसी खेलेर १४ लाख ४२ हजार एक सय ४८ रुपैँया संकलन गरेको हो ।
देउसी नाचलाई सहयोग गर्ने बचन दिएका सबै व्यक्तिबाट रकम उठाँउदा १६ लाख बाढी रकम संकलन हुने भएपनि हालसम्ममा १४ लाख भन्दा माथी रकम संकलन भईसकेको छ । प्रधानाध्यापक जेवी चाम्लिङ राईका अनुसार दिपावलीको अवसरमा विद्यालयको उन्नतीका लागि देउशी खेलिएको थियो । बचन दिएकाहरुबाट समेत रकम प्राप्त हुने उनको अपेक्षा समेत छ ।
बिद्यालयलाई सहयोग भनेर पूर्व प्रधानाध्यापक प्रेमराज रिमाल एक्लैले एक लाख एक हजार एक सय ११ रुपैँया सहयोग गरेको प्रधानाध्यापक राइले बताए ।
राम्रो कामको लागि खेलिएको देउसीमा आफुले सहयोग गरेको रिमालको भनाई छ ।
खेल मैदान व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्ने उद्धेस्य राखेर बिद्यालयले तिहारको अवसरमा देउसी खेलिएको थियो ।
फालेलुङ गाँउपालिकाको ६ र ७ नम्बर वडाका २५ स्थानमा बिद्यालयले देउसी खेलेको थियो ।
प्रतिक्रिया