इटहरी । नेपाल औषधि व्यवसायी सङ्घ सुनसरीको दोस्रो जिल्ला अधिवेशन भोली हुँदै गर्दा चुनावी रस्साकस्सी सुरु भएको छ ।
भोली इटहरीमा हुने अधिवेशनका लागि औषधि व्यवसायीहरू प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन् ।
अध्यक्षका लागि एकता ड्रग हाउसका सञ्चालक दीपेन्द्र कुमार शाह,वरिष्ठ उपाध्यक्षका लागि धरानका मचेन लिम्बु,थोक उपाध्यक्षका लागि इनरुवाबाट शत्रुघन प्रसाद शाह,खुद्रा उपाध्यक्षका लागि इटहरीका इन्द्रबहादुर श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै महासचिवमा इटहरीका नवीनराज गौतम,कोषाध्यक्षका लागि दुहबीका सन्तोषकुमार सिंह,सचिवमा हिमाल लिम्बु, सह कोषाध्यक्ष अब्दुल मोजिब प्रतिस्पर्धामा उत्रिएको पञ्चकोशी हेल्थ सर्भिस प्रालि इटहरीका सञ्चालक एव महासचिव पदका उम्मेदवार नवीनराज गौतमले बताए ।
समितिकै अन्य सदस्यहरूमा केदार पौडेल,पशुपति चौधरी,उमा दाहाल,सरोज चौलागाई र धिरेन्द्रकुमार मण्डल रहेका छन् । भोली हुने सङ्घको दोस्रो अधिवेशनका लागि आज इटहरीमा नोमिनेसनकै हुँदैछ ।
सुनसरीमा हाल ६ सय सदस्यहरू दर्ता भए पनि हाल मतदानका लागि ३ सय २४ जना योग्य रहेका छन् । नेपाल औषधि व्यवसायी महासङ्घको स्थापना २०३० सालमा भएको भए पनि संघिय संरचनामा गएपछि मात्र औषधि व्यवसायी सङ्घको जिल्ला र प्रदेश तहका सङ्घहरू गठन प्रक्रियामा गएको थियो । सङ्घको वर्तमान अध्यक्षका रूपमा रवीन्द्र घिमिरे रहेका छन् ।
अधिवेशनको उद्घाटन इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले गर्ने कार्यक्रम तय भएको खुद्रा उपाध्यक्षका उम्मेदवार एवं वेदान्त हस्पिटल इटहरीका सञ्चालक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले प्यानल घोषणा गरिसकिएकाले आज नोमिनेसन कै क्रममा अधिकतम प्रयास गरेर सर्वसम्मत कार्यसमिति बनाउने लागि प्रयास भइरहेको बताए ।
प्रतिक्रिया