बिराटनगर : सुनको मूल्य तोलाको १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १ हजार ८ सय रुपैयाँले मुल्य बढेको भन्दै नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।
अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज १ हजार ८ सयले बढेर तोलामा १ लाख २० हजार ८ सय पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया