वडाध्यक्षको घरमा मध्यरातमा कस्ले झोस्यो आगो ?

आइतबार, १७ मंसिर २०८०
धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका ६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको डाडाखर्क स्थित घरमा मध्यरातमा अज्ञात ब्यक्तिले आगजनी गरेको छ । गुरागाइ दम्पती सुतिरहेकै समयमा शनिबार राती घरको तल्लो तलामा बाहिरबाट ढोकामा साँचो लगाएर आगो लगाइदिएको गुरागाइले बताए । घरको माथिल्लो तलामा सुतेका उनिहरु सकुसल छ्न । काम बिशेषले हप्ता दिन देखि जिल्ला बाहिर हरेका गुरागाइ दम्पती शनिबार साँझ मात्रै फलाटे स्थित घर फर्केका थिए । आगलागी बाट उनको घरको तल्लो तलाका तीनकोठा पूर्ण रूपमा जलेका छन । तल्लो तलामा ओछ्यानमा भएका कपडा र भान्साको दुइवटा ग्यास सिलिन्डर एकै ठाउमा राखेर आगो लगाएको उनको भनाइ छ । आगो लागेको थाहा पाएपछि राती साढे १२ बजे छिमेकीलाई हारगुहार गरेका थिए । छिमेकीले भर्‍याङ राखेर उनिहरुलाइ जलिरहेको घरबाट निकालेको गुरागाइले बताए । आफूहरूको हत्या गर्ने नियतले घरमा आगो झोसिएको उनको भनाइ छ । घट्ना बारे धनकुटा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार