इलाम, मंसिर : नेपाल किसान महासंघ इलामको अगुवाईमा हाल दुध र दुधजन्य परिकाको बिक्रि मुल्य कम भएको भन्दै ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत कृषि मन्त्रालय र प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको हो । निर्यात कम भएका कारण किसान मारमा परेको भन्दै उचित मुल्य प्रप्तीका लागि ध्यानाकर्षण गरिएको महासंघ इलामका अध्यक्ष प्रेमराज गौतमले बताए ।
उनले यो समस्या तत्काल अन्त्य गर्न पहल गर्नुपर्ने समेत बताएका छन् । बिदेशी दुधको आयातलाई निरुत्साहन गर्न सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत ज्ञापन पत्र पठाइएको बताइएको छ ।
किसानका समस्या समाधानमा लाग्न थप जाँगर मिलोस भनेर पनि ध्यानाकर्षण गराइएको महासंघका सचिव कृष्ण बस्नेतले बताए ।
डेरी उद्योगहरुमा उत्पादन भएको घिउ र चीज नकिकेको भन्दै किसानलाई नै संचालकले भुक्तानी गर्न आनाकानी गर्ने गरेका कारण पनि समस्या भएको बताए ।
प्रमुख जिल्ला अधिकारी यादवले समेत आफुले सहजीकरण गर्ने बताएका छन् ।
प्रतिक्रिया