पाथीभरा पदमार्गको फोहोर ब्यबस्थापनमा बैंकद्वारा डस्बिन वितरण

मंगलबार, १९ मंसिर २०८०
ताप्लेजुङ, मंसिर : पाथीभरा पदमार्गको फोहोर ब्यबस्थापनका लागि प्रभु बैंकद्वारा डस्बिन वितरण गरेको छ । पाथीभरा क्षेत्रको सरसफाइमा सहयोग पुर्याउने उद्देश्यले झण्डै दुई लाख बराबरको डस्बिन पाथीभरा क्षेत्र बिकास समितिलाई हस्तान्तरण गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पाथीभरा क्षेत्रको सरसफाइमा सहयोग पुर्याउन १ लाख ९८ हजार ४ सय रुपैयाँ बराबरको डस्बिन पाथीभरा पदमार्गमा राख्ने गरि पाथीभरा क्षेत्र बिकास समितिलाई हस्तान्तरण गरिएको जनाइएको छ । पाथीभरा क्षेत्रमै गएर प्रभु बैंकका शाखा प्रबन्धक दिपकराज गिरीले पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे र कार्यकारी निर्देशक प्रजिन हाङ्वाङलाई हस्तान्तरण गरेको बैंकका कर्मचारी आक्रोश बरालले जानकारी दिए । बरालका अनुसार एउटा डस्बिनको मुल्य ६ हजार २ सय रुपैयाँ परेको छ । उक्त डस्बिनहरु काफ्लेपाटीदेखी मन्दिर सम्मको बाटोमा आवश्यकता अनुसार राखेर फोहोर फाल्नका लागि प्रयोग हुने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार