इलाम : इलामको मंगलबारेमा जारी निशुल्क आँखा शिबिरमा पन्ध्र सय वढिको उपचार भएको छ । सोमबारबाट जारी शिबिरमा एक हजार पाँच सय एघार जनाको निशुल्क आँजा जाँच गरिएको छ । जसमा बुधबार मात्र छ सय ९ जनाले आँखा जाच गराएको आयोजक इलाम उद्योग बाणिज्य संघ शाखा मंगलबारेका महासचिव सोम लुइँटेलले जानकारी दिए ।
उनका अनुसार शिबिरको समापन बिहिबार गरिने छ ।
तीन दिनमा ६४ जना टेँडो आँखा भएकाहरुको आँखालाई सिधा पार्ने समेत गरिएको थियो । अप्रेसन मार्फत सोमबार १९ जना, मंगलबार २७ जना र बुधबार १८ जनाको अप्रेसन मार्फत सिधा नजर बनाइएको महासचिव लुइँटेलले बताए ।
इलाम उद्योग वाणिज्य संघ शाखा मंगलबारेको आयोजना तथा देउमाई नगरपालिकाको आर्थिक सहयोग र मेचि आँखा अस्पताल झापाको प्राविधिक सहयोमा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा शिबिर संचालन भइरहेको छ ।
मेचि आँखा अस्पतालका डा. पुरुसोत्तम जोशीको नेतृत्वमा रहेका आँखा अस्पतालकी आउटरिट अफिसर कविता कार्की लगायत १४ जनाको प्राविधक टोलीले स्थानियको आँखा परिक्षण गरेको जनाइएको छ ।
शिबिर देउमाई नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा सञ्चालन भएको थियो ।
प्रतिक्रिया