काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुदानमा कार्यरत स्वास्थ्य कर्मचारीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेको स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको २०८० साल श्रावण १ गतेदेखि २०८१ साल आषाढ मसान्तसम्मको तलब भत्ताका लागि कर्मचारी विवरण माग गरेको हो ।
स्वीकृत स्थायी दरबन्दी बाहेकका कर्मचारीको विवरण ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख छ ।
आज बसेको मन्त्रालयको बैठकले तोकिएको समयमा विवरण उपलब्ध नगराएमा तलब भत्ता निकासा गर्न नसक्ने जारी सूचना मार्फत जनाएको छ ।
प्रतिक्रिया