इटहरीमा हात्ती विज्ञ टोली 

शुक्रबार, २९ मंसिर २०८०
इटहरी / इटहरी उपमहानगरपालिका वडा न २ को हात्ती सम्बन्धी अध्ययन गर्दे बर्दियाबाट हिँडेको  विशेषज्ञ टोली इटहरी आइपुगेको छ ।
विज्ञ रमेशकुमार थापा सहितको टोली सँग आज इटहरी २ मा एक कार्यक्रमका बिच परामर्श गरिएको वडाध्यक्ष माधव कोइरालाले बताए ।
सो टोलीमा मेचीनगर नगरपालिका वडा न ४  बाहुनडांगीका वडाध्यक्ष अर्जुनकुमार कार्की,जिल्ला बन कार्यालय सुनसरीका प्रमुख,प्रकृति संरक्षण कोष प्रदेश कार्यालय विराटनगरका प्रमुख सहित अन्य विभिन्न सङ्घ संस्थाका पदाधिकारी रहेका छन् ।
सो क्रममा  उज्यालो नेपालबाट सोलर लाइट  प्रदान गरिनुका साथै जिल्ला बन कार्यालय सुनसरीले इटहरी वडा नम्बर २ लाई एक थान  थान साइरन  हस्तान्तरण समेत गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार