नेपाल प्रहरी श्रीमती सङ्घ र नोबेल शिक्षण अस्पताल बिच विशेष सहुलियत सम्झौता

सोमबार, ०२ पुस २०८०
विराटनगर /  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल तथा काठमाडौँ महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती सङ्घ बिच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा विशेष सहुलियतका लागि सम्झौता भएको छ ।
कोसी प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक श्रीमती इन्दिरा शर्मा बराल तथा नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजेशनाथ बास्तोला, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल निर्देशक प्रा.डा.राजेश नेपाल र कोसी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा.सरोज कुमार सिंह, नेपाल प्रहरी श्रीमती सङ्घका अन्य पदाधिकारीहरू लगायतका उपस्थिति रहेको थियो ।
सम्झौता पत्रमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सङ्घ संस्थामा आबद्ध व्यक्तिहरूलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आइरहेको र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरू तथा आश्रित परिवारका सदस्यहरूलाई नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा आई उपचार गर्दा विशेष सहुलियत दिने उद्देश्यले यो सम्झौता गरिएको उल्लेख छ ।
जसअन्तर्गत परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्यहरू आमा, बुबा, श्रीमान् वा श्रीमती, अविवाहित छोरा, छोरीहरू उपचारको क्रममा आउँदा अस्पताल सेवामा २५५ छुट उपलब्ध हुने छ । यो सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवाहरूमा उपलब्ध हुनेछ । यो सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनु पर्ने छ ।
सम्झौता पत्र अनुसारका सेवा सुविधाहरू मिति २०८० पौष १ गतेबाट लागु भई २०८१ पौष १ गते सम्म लागु हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार