प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

मंगलबार, ०३ पुस २०८०
काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी दिए । सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने उनले बताए । सहभागी टिमहरुमा चैतण्य, स्पाङगल, इनोभेटिभ, सूर्योदय, स्वाप्न वाटिका, श्रृजनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङलिस स्कुल, काठमाडौं जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआईए र डेनेब फ्लोरिडा रहेका छन् । खेल लिग कम नकआउट आधारमा खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए । प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा खेलाइने छ । काठमडौं जेभियर्समा समूह चरणका खेलहरु मात्र खेलाइने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार