असाधारण समर्थनले न्याय महसुस भयो: प्रधानमन्त्री

मंगलबार, २६ पुस २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा धेरै दल र सांसदको समर्थन पाउँदा आफूमाथि न्याय भएको महसुस गरेको बताएका छन् । उनले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको पनि बताए । ‘सबै दलका नेताहरुबाट असाधारण समर्थन र विश्वास व्यक्त भएको छ, यो ऐतिहासिक छ । यो ऐतिहासिक समर्थनले मलाई निकै ठूलो गर्व र जिम्मेवारी थपिएको महसुस भएको छ । र मलाई आज न्याय पाएँ कि भन्ने लागेको छ’ उनले भने । आफूले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू, खस आर्य सबैको हक, अधिकार, पहिचान र उन्मुक्तिको लागि निकै ठूलो लडाई लडेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार