धरान । शैक्षिक परामर्श सङ्घ ई-क्यानको चौथो अधिवेशनबाट रवीन्द्र निरौला निर्वाचित भएका छन् । सुनसरीको धरानमा आज भएको संस्थाको सातौँ साधारणसभा तथा चौथो अधिवेशनबाट निरौला निर्वाचित भएका हुन । उनले अध्यक्षका प्रत्याशी भीम लिंथेपलाई पराजित गर्दे अध्यक्षमा विजयी भएका हुन ।
संस्थाको उपाध्यक्ष र सदस्यमा भने सर्वसम्मत चयन भएको थियो । त्यस बाहेकका पदहरू अध्यक्ष सहित सचिव र कोषाध्यक्षमा भने मतदान भएको थियो ।
उपाध्यक्षमा रबीकुमार गुप्ता सर्वसम्मत चयन भएका भए भने सचिवमा इटहरीका दुर्लभ कार्की निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पनि इटहरीकै गोपाल निरौला निर्वाचित भएका छन् ।
सदस्यहरूमा जुगलकुमार चौधरी,यादव पौडेल,कनक यादव र कविता पौडेल पाण्डे सर्वसम्मत रूपमा चयन भएका छन् ।
धरान स्थित गजुर प्यालेसमा भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिको अवधि २ वर्षको रहने जनाइएको छ ।
निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई ई-क्यानका केन्द्रीय अध्यक्ष शेषराज भटराईले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष निरौलाले संस्थागत बिकाएका लागि दिन रात काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले सस्तालाई चलायमान बनाउनका लागि विभिन्न प्रकारका प्रशिक्षण गराउने देखि लिएर संस्थाको कार्यालयमा नियमित कर्मचारी राखिने समेत प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष निरौलाले संस्थामा आबद्ध सम्पूर्ण कर्मचारीहरूको क्षमता विकास गराउने र १० लाख बराबरको दुर्घटना बिमा गर्ने सम्मको योजना गरेको प्रदेश खबरलाई बताएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रीय अध्यक्ष शेषराज भटराई, महासचिव दीपकराज भुसाल, सचिव भवनाथ हुमागाईँ,कोषाध्यक्ष आसिक कार्की,केन्द्रीय सल्लाहकार विष्णु पोखरेल,झापा जिल्ला अध्यक्ष मिलन ओली,ई क्यानका कोसी प्रदेशका प्रमुख सल्लाहकार कमल तिम्सिना लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया