नगरपालिकाले महत्वकांछी प्रोजेक्टका रूपमा ग्रेडर खरिद गरेको थियो । विकास निर्माणमा कायापलट गर्ने तथा नगरपालिकाभित्र हुने पूर्वाधार विकासलाई सहज बनाउने उद्देश्यका साथ खरिद गरिएको ग्रेडर विगत १० महिनादेखि नगरपालिकाको ग्यारेजमा थन्किएको छ । इन्जिनमा समस्या उत्पन्न भएको सो ग्रेडर मर्मतका लागि १८ देखि २५ लाख रुपैयाँसम्म खर्च आउने हुँदा नगरपालिकाले मर्मतका लागि चासो देखाएको छैन ।
ती उपकरण अहिले लिलामी गर्ने निर्णय नै नगरपालिकाले गरिसकेको कार्यपालिका सदस्य जगतबहादुर राजवंशीले जानकारी दिए । नगरपालिकामा हाल जेसीबी २, ग्रेडर १, रोलर १, ट्याक्टर ५, टिपर ४, पानी ट्याङ्की २ वटा रहेका छन् । जसमध्ये एउटा जेसीबी, ग्रेडर र रोलर मात्र सञ्चालनमा छ ।
झापाका १५ वटै स्थानीय तहले खरिद गरेका उपकरण प्रयोग हुन सकेका छैनन् । कतिपय स्थानीय तहले खरिद गरेका उपकरण यति बेला ‘घाँडो’ भएका छन् । केही स्थानीय तहले उपकरण बिक्री गर्ने निर्णय गरे पनि कानुन बाधक बनेको छ ।
प्रतिक्रिया