पाँचथर / नेपाली काँग्रेस पाँचथरले जिल्ला सम्मेलन गर्ने भएको छ । आउने पुस १३ गते सदरमुकाम फिदिममा जिल्ला सम्मेलनको आयोजना गरिएको हो ।
पार्टी नेता डा. शेखर कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको पाँचथर काँग्रेस सभापति रूपनारायण जबेगुले जानकारी दिए । सम्मेलनमा काँग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे र केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
जिल्ला सम्मेलन जिल्ला समन्वय सीमितको कर्वडहलमा हुने बताइएको छ ।
पार्टी विधान अनुसार बर्सेनि गरिनुपर्ने सम्मेलन भएकाले पनि बिधानत सम्मेलन गर्न लागिएको मङ्गलवार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।
जिल्ला सम्मेलनमा करिब १ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा लिइएको छ । सम्मेलनको आयोजनाको तयारी पुरा भएको जनाइएको छ । पार्टी सभापति जबेगुले पार्टी चलायमान राखिरहन सम्मेलनको ठुलो महत्व रहेको बताए ।
सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरण र त्यसमा छलफल बहस गर्ने कार्यक्रम तय भएको छ ।
प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, सहिद परिवार लगायतलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।
प्रतिक्रिया