कश्यप गोत्रीय अधिकारीहरूको बृहत् वंशावलीको विमोचन गर्भनर महाप्रसाद अधिकारीले शनिबार गर्ने

विहीबार, १२ पुस २०८०
झापा / कश्यप गोत्रीय अधिकारीहरूको बृहत् वंशावलीको दोस्रो संस्करण पुष १४ गते शनिबार विमोचन हुने भएको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा प्रकाशित बृहत् वंशावली ग्रन्थ दोस्रो संस्करण २०८० विमोचन विमोचन गरिने भएको हो । १० वर्ष लगाएर विश्वभरका अधिकारीहरूको उपलब्ध भएसम्मको नामावली सङ्कलन गरी एक हजार ९ सय ५० पृष्ठको वंशावली तयार पारिएको समितिले जनाएको छ । कश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठानको १९ औँ साधारण सभा सम्पन्न भएसँगै वंशावलीको विमोचन गरिने कार्यक्रम तय भएको हो । वंशावलीको विमोचन गर्न नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी आउनेछन् । झापामा हुने विमोचन कार्यक्रममा देशभरका कश्यप अधिकारीहरू सहभागी हुने बताइएको छ । वंशावलीमा झन्डै १९ लाख व्यक्तिहरूको नामावली सङ्कलन गरी समावेश गरिएको जनाइएको छ । बृहत् वंशावली प्रकाशन गर्नका लागि २ वर्ष अघिदेखि प्रकाशन समिति लेखनको काम गरिएको थियो । प्रतिष्ठानको केन्द्रीय कार्यालय झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित कोटी होममा हुने उक्त कार्यक्रममा देशभरबाट अधिकारीहरू सहभागी हुने प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् कोसी प्रदेशका अध्यक्ष शान्तिबहादुर अधिकारीले बताए । शनिबार साधारणसभा तथा बृहत् वंशावली विमोचन हुने भएकाले शुक्रबार नै केन्द्रीय कार्यसमितिको पूर्ण बैठक राखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार