नगर प्रमुख राईले हटाए कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

विहीबार, १२ पुस २०८०
धरान / धरान उपमहानगरपालिकामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो राखिएको छ । बिहीबार नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङले )आफ्नो कार्यकक्षबाट राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो राखेका हुन् । यलम्बरको फोटो राखिएको धरान उपमहानगरपालिकाका मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले पुष्टि गरे । बुधबार नगर प्रमुख राईको आधिकारिक फेसबुक पेज हर्क साम्पाङ अ रिभोलुसनबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किरातीहरूको राजा यलम्बरको तस्बिर राख्ने जानकारी गराएका थिए । ‘जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँसिन्छ,’ नगरप्रमुख राईले सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार