उक्त शौचालय एक पटकमा पुरुष र महिला गरेर १५ जनाले प्रयोग गर्न पाउने, शौचालयको अघिल्लो भागको माथिल्लो तलामा ठुलो डिजिटल घडी रहने, बगैँचा, वाटर फाउन्टेन रहने र शौचालयको धारा तथा ढोकामा सेन्सर प्रविधिसमेत जडान गरिने भनिएको थियो ।इटहरी उपमहानगरपालिकाका इन्जिनियर भविन्द्र चौधरीका अनुसार अङ्कित निर्माण सेवाले २५ लाख ७७ हजार ६ सय ६६ रुपैयाँ १५ पैसा लागत लगिसकेको छ । उक्त कम्पनीले लगेको पैसाको हिसाबले ३९ प्रतिशत कार्य सम्पन्न भएको छ । भवन निर्माण भन्दा पनि स्मार्ट शौचालयमा राखिने प्रविधिहरू महँगो भएकाले गर्दा निर्माण कार्य प्रतिशतको हिसाबले कम देखिएको चौधरीको दाबी छ ।
निर्माण म्याद सकिएको ६ महिना बितिसक्दासमेत निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढेन नि भन्ने प्रश्नमा इन्जिनियर घिमिरे भन्छन्, ‘हामीले पटक पटक ताकेता गरिरहेका छौँ ।पुस मसान्तसम्म काम सक्ने भनेर भने पनि काम अगाडि बढाएको छैन । हामी निर्माण कम्पनीविरुद्ध निर्णय गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’
प्रतिक्रिया