मोरङमा पोखरीमा डुबेको अवस्थामा भेटियो वृद्धको शव

शनिबार, २१ पुस २०८०
विराटनगर । मोरङमा पोखरीमा डुबेको अवस्थामा शनिवार दिउँसो एक जना वृद्ध पुरुषको शव फेला परेको छ । धनपालथान गाउँपालिका–३ सोराभागका ६८ वर्षीय फुलकित मण्डलको शव फेला परेको हो । घरदेखि २ सय मिटर उत्तर–पश्चिममा रहेको गनगाई समुदायको पोखरीमा डुबेको अवस्थामा मण्डलको शव फेला परेको थियो । प्रहरीका अनुसार उनी एक साताअघिदेखि परिवारबाट सम्पर्कविहीन बनेका थिए । खोजी गर्ने क्रममा शव फेला परेको र मण्डलको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पुर्‍याएर घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार