धरान । सुनसरीको धरान उपमहानगरपालिका ५ किसान चोकबाट ३ सय ४० ग्राम सालकको खपेटासहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभा चिचिला गाउँपालिका ३ का २८ वर्षीय सन्दीप राई र धरान उपमहानगरपालिका - १६ डेरा गरी बस्ने संखुवासभा धर्मदेवी गाउँपालिका ३ का २१ वर्षीय मनोज तामाङ छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा उनलाई उक्त खपेटासहित पक्राउ गरेको हो ।
साथै थप सोधपुछ गर्ने क्रममा तामाङबाट उक्त खपेटा लिएको भनी खुल्न आएपछि तामाङलाई पनि प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया