भ्वाइस अफ् नेपालका प्रतिस्पर्धी विनोद राई इलाम आउँदै

सोमबार, २३ पुस २०८०
इलाम / द भ्वाइस अफ् नेपाल सिजन–५ को फाइन लिस्ट विनोद राई इलाम आउने भएका छन् । फाकफोकथुम गाउँपालिका–५, लुम्देका विनोद राई इलाम बजारमा हुने साङ्गीतिक कार्यक्रममा इलाम आउने भएका हुन् । उनले इलाम बजारमा गीत मात्र गाउने छैनन्, भोट माग्न समेत इलाम आउने भएका हुन् ।
फाइनलका चार प्रतिस्पर्धीमध्येमा परेका विनोद इलामका उदीयमान प्रतिभा हुन् । उनलाई जिताउन इलाम बासी सक्रिय भएका छन् ।
फाइनलका प्रतिस्पर्धी टुङ्गो लागेपछि प्रतिस्पर्धीका लागि भोटिङ खुला भएको छ ।
विनोदले जिल्लावासीमाझ साङ्गीतिक प्रस्तुति दिएर भ्यावाइस अफ् नेपालको विजेता बनाउन आग्रह जिल्लावासीसमक्ष गर्ने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार